सुर्खेतमा पुनः एक साता निषेधाज्ञा थप


८ भाद्र २०७८, मंगलवार
1 28051 1 birendra nagar surkhet 2952018071707 1000x0 1

सुर्खेत, ८ भदौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थप गरेको हो ।

कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण थप फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जनजीवन सहज बनाउने भन्दै प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालको भनाई छ । निषेधाज्ञाको अवधिमा सुर्खेत प्रशासनले औषधि पसलहरू २४ सै घण्टा खुला राख्ने निर्णय गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका पसल भने बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ ।

त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भीडभाड नगरी सञ्चालन गर्न सकिने महतको भनाई छ । त्यस्तै सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्वीमिङ, क्लब, देउडा, मेला जस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा कोरोना सङ्क्रमितको संख्यामा पनि कमि आएको प्रजिअ रिजालले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७