ट्याङकर र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु


८ भाद्र २०७८, मंगलवार
accident in river

सुनसरी, ८ भदौं । सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपियामा गए राति ट्याङकर र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल सवार विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेका छन् । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटसाईकल सवार अविनाश राजवंशी घाइते भएका छन् । उनको धरानमै उपचार भैरहेको छ । ठक्करपछि आगो लागेको मोटरसाइकल जलेर नष्ट भएको छ ।

मोटरसाइकल पूर्ण रूपले नष्ट भएका कारण नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७