तेस्रो धारका नेताहरुलाई चन्द्रागिरीबाट प्रश्न : बालकोटको एक भेटमै प्रतिगमन सच्चियो ?

च्यासलमा एमाले स्थायी कमिटी वैठक


८ भाद्र २०७८, मंगलवार
Madhav Nepal team

काठमाडौं, ८ भदौं । नेकपा एमाले विभाजित भई बनेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको भेला आज (मंगलबार) देखि शुरु भएको छ । काठमाडौंको चन्द्रागिरीमा शुरु भेलामा आज पार्टीको विधान, राजनीतिक प्रस्ताव, तल्लो तहसम्म संगठन विस्तारलगायतका विषयमा छलफल हुने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

तर नेकपा एमालेमा माधवकुमार नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरु भने आज अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुने भएका छन् । बिहान ११ बजेपछि बोलाइएको स्थायी कमिटी बैठकमा नेता नेपाललाई साथ दिएका नेताहरु अष्टलक्ष्मी शाक्य, भीम रावल, भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, युवराज ज्ञवाली भने आजको बैठकमा सहभागी हुँदैछन् ।

नेपाल समूहले भने उनीहरुलाई ‘ओलीमा विलीन हुन लागेको’ संज्ञा दिएका छन् । चन्द्रागिरीमा रहेका एक नेताले भने, ‘तेस्रो धारमा रहेका भनिएका केही नेताले ओलीसँगै टाँसिन अवसर खोजिरहनु भएको थियो । त्यो अवसरको आजदेखि सदुपयोग गर्दै हुनुहुन्छ । उहाँहरुले अहिलेसम्म भन्दै आएको प्रतिगमन बालकोटको एकै भेटमा सच्चिएको हो ? ओली सबै कुरा मान्न तयार भएका हुन् ?’ प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अर्का नेता मेटमणि चौधरीले आज पार्टीको विधान र नियमावलीको विषयमा कुराकानी हुने बताए ।
च्यासलमा एमाले स्थायी कमिटी वैठक
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने छ ।

बैठकले विभाजनको प्रयासलाई असफल पार्न प्रयास गर्ने एमाले केन्द्रीय सदस्य सूर्य थापाले बताएका छन् । उनने स्थायी कमिटी बैठकमा कार्यदलका सबै र अन्य एकताका ‘हिमायती’ लाई सहभागी हुन अनुरोध गरेका छन् ।

‘साझा ढंगले नेकपा एमालेको कथित विभाजनका कोशिसलाई अर्थहीन बनाइदिनु आवश्यक छ,’ थापाले भनेका छन्, ‘यो आजको बुद्धिमत्ता र सकारात्मक सन्देश हो । कोही पनि बरालिने, भड्किने र बेसुरा कुरा गर्ने कार्य रोकिनु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७