नेकपा एकीकृत समाजवादीमा १७ पदाधिकारी, अध्यक्ष पनि राष्ट्रिय परिषदबाट चुनिने (विधानसहित)


८ भाद्र २०७८, मंगलवार
madhav chandragiri 1dELbEz9YP

काठमाडौां, ८ भदौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी हुने भएको छ ।
चन्द्रगिरीमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन् । उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् । केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु भने राष्ट्रिय परिषद्बाट चुन्ने प्रस्तावित विधानमा उल्लेख छ ।

madhav chandragiri2 ChSSn2ZvbS

हरेक ५ वर्षमा हुने महाधिवेशन हुन्छ, जसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्नेछ । परिषद्मा प्रत्येक जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र बराबर, एक महिला तथा एक दलित हुनेछन् । पार्टीको जनसंगठनबाट एक–एक जना तथा महिला, युवा र विद्यार्थी संंगठनबाट तीन–तीन जना, अन्य जनसंगठनबाट एक–एक जना, प्रदेश सम्पर्क कमिटीबाट एक–एक जना र खुला १०० जना राष्ट्रिय परिषद्का सदस्यहरु महाधिवेशनबाट चयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ ।

राष्ट्रिय परिषद्का सदस्यहरुले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्ने छ । अर्थात पार्टीको अध्यक्ष र पदाधिकारीहरु पनि महाधिवेशनबाट होइन, राष्ट्रिय परिषद्बाट चुनिने छ ।

पार्टी सदस्य बन्न २० रुपैयाँ शुल्क
एमालेबाट छुट्टिएर नेकपा एकीकृत (समाजवादी) बनेको पार्टीको सदस्यता लिन २० रुपैयाँ शुल्क लाग्ने भएको छ । माधव कुमार नेपालको अध्यक्षतामा गठित पार्टीले तयार पारेको नियमावलीमा २० रुपैयाँ शुल्क तिरेर सदस्यताको आवेदन दिन सकिने उल्लेख छ । नियमावली अनुसार साधारण सदस्यताको मासिक शुल्क १० रुपैयाँ हुनेछ भने सांगठनिक सदस्यताको मासिक शुल्क २० रुपैयाँ हुनेछ ।

‘पार्टीका तर्फबाट सङ्घीय सरकारमा मन्त्री तथा सांसद बनेका र केन्द्रीय तहको राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई केन्द्रीय कमिटीले, प्रदेश सरकारमा मन्त्री तथा सांसद बनेका र प्रदेश तहको राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई प्रदेश कमिटीले र स्थानीय तहका विभिन्न पदमा कार्यरत जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई सम्बन्धित तहको स्थानीय पार्टी कमिटीले लेबी तोक्न सक्नेछ ।’ नियमावलीमा उल्लेख छ ।

यस्तै सङ्गठित सदस्यताको नवीकरण आगामी वर्षको लागि चालु वर्षको फागुन–चैत महिनामा गर्न सकिने व्यवस्था नियमावलीले गरेको छ । नवगठित पार्टीको नियमावली अनुसार पार्टीमा अर्थ तथा योजना विभाग, उद्योग तथा वाणिज्य विभाग,उपभोक्ता हित संरक्षण, कृषि तथा भूमिसुधार, कोष तथा आर्थिक व्यवस्थापन, खानेपानी तथा सरसफाई, जलस्रोत, सिँचाइ तथा ऊर्जा, निर्वाचन लगायत ३१ वटा विभाग हुनेछन् ।
यस्तो छ प्रस्तावित नेकपा एकीकृत समाजवादीको विधान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७