एक मात्र सुरक्षित पन्जसिर प्रान्तमा पनि तालिबान आक्रमण, आत्तिए अफगान उपराष्ट्रपति


८ भाद्र २०७८, मंगलवार
talibanbirodhi zqKcF0On6V

काबुल, ८ भदौं । अफगानिस्तानको पन्जसिर प्रान्तमा पर्ने अन्दराब भन्ने स्थानमा तालिबान विरोधी लडाकु तालिबानका लडाकुसँग युद्ध गरिरहेका छन् । अफगानिस्तानका ३४ प्रान्तमध्ये पन्जसिर एक मात्र त्यस्तो प्रान्त हो, जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । त्यहाँ तालिबानविरोधी शक्ति बलियो भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यो प्रान्त पनि तालिबानले नियन्त्रणमा लिने प्रयास गरेपछि त्यहाँका विद्रोही समूहले प्रतिकार गरिरहेको हो । अहिले त्यहाँ भीषण लडाइँ भइरहेको समाचार आइरहेका छन् ।

यसैबीच त्यहीं आश्रय लिएर बसेका अफगानिस्तानका कार्यवाहक राष्ट्रपति एवं उपराष्ट्रपति अमरुल्लाह सालेहले तालिबानले अन्दराब उपत्यकाको खानी र इन्धन आपूर्तिमा रोक लगाएको बताएका छन् । उनले भनेका छन्, ‘यहाँ अवस्था एकदम खराब भएको छ । हजारौं महिला र बालबालिका पहाडतर्फ भागेका छन् । पछिल्लो दुई दिनदेखि तालिबानका लडाकुले बालबालिका र वृद्धको अपहरण गरिरहेका छन् ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७