कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिको निर्देशन


८ भाद्र २०७८, मंगलवार
exam board 1112

काठमाडौं, ८ भदौं । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आज (मंगलबार) जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । समितिमा सांसदहरुले कक्षा १२ को परीक्षा छिटो गराउन समिति सभापतिको ध्यानाकर्षण गराएका थिए । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको थियो । समिति सदस्य अन्जना बिशन्खेले परीक्षा जनस्वास्थ्य मापदण्डसहित गराउनुपर्ने भन्दै शैक्षिक सत्र बिथोल्न नहुने सुझाव दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७