शिशु हत्या आरोपमा महिला पक्राउ


८ भाद्र २०७८, मंगलवार
pakrau
सांकेतिक तस्विर

बैतडी, ८ भदौं । शिशु हत्याको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका–७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् ।

घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । शिशु जन्माएपछि केराको सापडाले घाँटी थिचेर हत्या गरेको भन्दै उनका ससुराले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए । उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

गाउँकै एक युुवकसँगको अनैतिक सम्बन्धबाट उनी गर्भवती भएको यसअघि नै सार्वजनिक भएको थियो । शिशु जन्मिएपछि युवकले बुझेर पालनपोषण गर्ने सहमति समेत गाउँलेहरुले गराएका थिए । ती महिलाका श्रीमान रोजगारीका लागि भारतमा गएको र १० वर्षदेखि सम्पर्कमा नरहेको स्थानीय बताउँछन् । उनका दुई सन्तान समेत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७