आयोगलाई झलनाथको पत्र : माधव नेपालकै पार्टीको हुँ, दिल्लीबाटै सनाखत गर्न पाऊ


८ भाद्र २०७८, मंगलवार
jhalanath khanal

काठमाडौं, ८ भदौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गर्न मिल्ने व्यवस्था मिलाई दिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आयोगले दल दर्ताका लागि भोलि (बुधबार) केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्दैछ ।

खनालले आफूले नेकपा (एमाले) त्यागेको र एकीकृत समाजवादीमा रहेको जानकारी गराएका छन् । उनी दिल्लीमा उपचाररत रहेकाले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाई दिन आग्रह गर्दैै पत्र पठाएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

‘म नेकपा (एकृकीत समाजवादी) पार्टीमा छु । म दिल्लीमा उपचारत रहेकाले नेपाली राजदूतावास दिल्लीबाट नै उक्त पार्टीमा सनाखत गरी पाऊँ भन्ने पत्र आएको छ’, उनले भने । त्यसबारे निर्णय भई नसकेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७