माधव नेपाल पक्षमा थपिए तीन नेता


८ भाद्र २०७८, मंगलवार
rajan rai sharada bhatta som pandeuy jNO6JC5WFR

काठमाडौं, ८ भदौं । एमाले विभाजनका क्रममा कतै नखुलेका तीन नेताहरु मंगलबार माधव नेपालको नयाँ पार्टीमा खुलेका छन् । दुई जना केन्द्रीय सदस्य र एक सांसदको नाम निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, प्रदेश–१ का सांसद राजन राई र संघीय सांसद शारदा भट्टको नाम मंगलबार आयोगमा थप गरिएको हो । यसअघि उनीहरु माधव नेपालकै क्याम्पमा भए पनि पार्टी दर्ताका लागि निवेदन दिँदासम्म खुलेका थिएनन् । तीन जना थप गर्न मंगलबार राजेन्द्र पाण्डे र राजन राई निर्वाचन आयोग पुगेर पुनः चन्द्रागिरि फर्किएका छन् ।

यससँगै माधव नेपालको पक्षमा लाग्ने एमालेका ३२ सांसद र ६० जना केन्द्रीय सदस्य भएका छन् । तीमध्ये ४६ जना सोमबार साँझ चन्द्रागिरि पुगेका थिए । केही मंगलबार बिहान गएका छन् ।

केन्द्रीय सदस्य प्रदीप नेपाल र खगेन्द्र चुँडाल भने बिरामी भएकाले चन्द्रागिरिको बैठकमा सहभागी भएका छैनन् । उनीहरु बुधबार निर्वाचन आयोगमा सनाखत गर्न भने जाने केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए । बुधबार आयोगले सनाखतका लागि बोलाएपछि दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) का नेताहरु नियमावली, विधान र घोषणा पत्रबारे छलफलमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७