अफगानिस्तानका महिलालाई तालिबानको आग्रह– घरभित्रै बस्नू, बाहिर ननिस्कनू


९ भाद्र २०७८, बुधबार
taliban mahila lXzJisMRwq 1

काबुल, ९ भदौं । अफगानिस्तान कब्जा गरेको तालिबानले त्यहाँ विभिन्न काममा संलग्न महिलालाई घरमै बस्न आग्रह गरेको छ । महिला सुरक्षाका लागि एउटा व्यवस्था नबुन्जेल महिलालाई घरभित्रै रहन तालिबानले आग्रह गरेको हो ।

तालिबानका प्रवक्ता बजिउल्लाह मुजाहिदले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘यो एउटा अस्थायी प्रक्रिया हो ।’ यसअघि पनि तालिबानको सरकार हुँदा महिलालाई कडा प्रतिबन्ध लगाइएको थियो । घर बाहिर काम गर्न तथा पढ्न निषेध थियो । तर यसपटक तालिबानले महिलालाई स्वतन्त्रता र अधिकार दिने बताएको थियो ।

हुन त तालिबानका प्रवक्ता मुजाहिदले यस पटक घर बाहिर काम गर्ने महिलालाई अहिले लगाइएको बन्देज धेरै दिन नरहने आश्वासन दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७