अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट


९ भाद्र २०७८, बुधबार
share market

काठमाडौं, ९ भदौं । तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा मंगलबार उच्च अङ्कको गिरावट आएको छ ।

विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगले समेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा ओर्लेको छ । कूल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब छ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । वित्त ४५.७९ र निर्जीवन बीमा ११२.८ बिन्दुले बढेको छ ।

यस्तै, बैंकिङ १९.८२, व्यापार ६२.५३, होटल तथा पर्यटन १७.०२, विकास बैंक २४३.८९, जलविद्युत् १३२.७७, उत्पादन १५७.४, अन्य ३०.०२, लघुवित्त ३१.४५, जीवन बीमा १४३, सामूहिक लगानी कोष ०.०१ र लगानी ५.२५ बिन्दुले घटेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको ७५ करोड ४३ लाख ३३ हजार ७२३ बराबरको कारोबार भयो । अरुण काबेली पावर ७१ करोड ९१ लाख ६१ हजार ७९२, नेशनल हाइड्रोपावर ५८ करोड ५३ लाख ८६ हजार २३४, रिडी हाइड्रोपावर ४७ करोड २० लाख एक हजार ९१९ र नेपाल बैंक ४१ करोड ७६ लाख ८९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सेन्ट्रल फाइनान्स ७.४७, नेको इन्स्योरेन्स ५.०६ र जनरल इन्स्योरेन्सका शेयरधनीले ४.४९ प्रतिशतले कमाए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७