माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा


९ भाद्र २०७८, बुधबार
mahara

काठमाडौं, ९ भदौं । नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिइएको छ । सभामुख हुँदा यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट हटाइएका महराले लामो समयपछि पार्टीमा प्रभावकारी भूमिका पाएका हुन् ।

यस अभियोगमा उनले अदालतबाट सफाइ पाइसकेका छन् । सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो । नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इञ्चार्ज बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७