दुवै डोज खोप लगाएकी पौडी खेलाडी गौरिकालाई कोरोना संक्रमण


९ भाद्र २०७८, बुधबार
gaurika corona jWNouC0OKU

काठमाडौं, ९ भदौं । दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक प्राप्त पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । उनी आफैंले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई कोरोना भाइरसको संक्रमण भएको हो ।

‘मैले दुवै डोज खोप लिएकी थिएँ भने कुनै लक्षण पनि थिएन । तर कोरोना संक्रमित केही व्यक्तिसँगको सम्पर्कपछि परीक्षण गर्दा ममा कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले भनेकी छन्, ‘म अहिले सरकारी मापदण्डअनुसार १० दिनका लागि आइसोलेसनमा छु ।’
गत महिना जापानमा भएको टोकियो ओलम्पिकमा पनि गौरिका नेपालका तर्फबाट सहभागी भएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७