स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ आबद्ध लेबोरेटोरी विद्यालयले त्रिविको ११३ रोपनी जग्गा ओगट्यो


९ भाद्र २०७८, बुधबार
Umesh shrestha minister

काठमाडौं, ९ भदौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसम्बद्ध लेबोरेटोरी माध्यमिक आवासीय विद्यालयले पनि त्रिविको एक सय १३ रोपनी जग्गा ओगटेको छ । यो स्कुल श्रेष्ठ संस्थापक रहेको लिटिल एन्जल्स सिस्टम अर्थात् गुठीका रुपमा चलेको छ । सुरुमा स्कुलको वेबसाइटमा श्रेष्ठसहित एड्भाइजरी बोर्डका सदस्यहरुको नाम नै राखिएको थियो । पछि विवाद भएपछि बोर्ड सदस्यको सूची हटाइयो ।

सुरुमा त्रिवि शिक्षा संकायका विद्यार्थीको शिक्षण अभ्यासको उद्देश्यले स्कुल स्थापना गरिएको थियो । १३ साउन ०५७ मा शिक्षा मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच १५ वर्षे सम्झौता भएअनुसार त्रिविले जग्गा उपलब्ध गराएको थियो । १२ साउन ०७२ मा सम्झौता सकिएको छ । त्रिविले जग्गा खाली गर्न पटक पटक ताकेता गर्दा पनि स्कुल व्यवस्थापनले छाड्न मानेको छैन ।

उल्टै, एक वर्षअघि जग्गा फिर्ता विषयमा छलफल गर्न गएमा त्रिविका कर्मचारीमाथि नै आक्रमण भएको थियो । यो स्कुललाई श्रेष्ठसहित केही नेताहरुको संरक्षण छ । त्यसकारण शिक्षा मन्त्रालय पनि यो विषयमा बोल्न हिचकिचाउँछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७