छवि ओझा यू आर अलवेज नम्वर वान : रेखा थापा


२२ फाल्गुन २०७४, मंगलवार
rekha thapa chhabi raj ojha

काठमाडौं, २२ फागुन । प्रायः मान्छेहरु सम्बन्ध तोडिएपछि एक अर्कोमा गालीगलैज, आरोप प्रत्यारोप गर्ने गर्देछन् । तर निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापा सन्दर्भमा यो लागु हुँदैन् । rekha thapa chhabi raj ojha

बिहे डिभोर्स अनि यी पूर्वपति र पत्नी माया उस्तै रहेको छनक दिन्छ । रेखाको जन्मदिनमा छवि उपस्थित हुनु र छविको जन्मदिनमा रेखाले शुभकामना दिनु जस्ता क्रियाकलापले पनि यी दुईले माया उस्तै रहेको अनुमान लगाउन सकिन्छ ।

यसैबीच, फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छवि ओझा निर्मित फिल्म ’मंगलम’ लाई अभिनेत्री थापाले शुभकामना दिएकी छिन् । उनले सोमवार फेसबुकमा फिल्मको ट्रेलर शेयर गर्दै शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ’नेपाली फिल्म क्षेत्रका बाले बनाएको फिल्म ’मंगलम’ यही शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शनमा आउँदैछ । छवि बा र ’मंगलम’ को सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।’ उनले थप भनेकी छिन् ‘छवि ओझा यू आर अलवेज नम्वर वान प्रोड्यूसर ।’

यसै वर्ष प्रदर्शनमा आएको रेखा अभिनीत तथा निर्मित फिल्म ’रुद्रप्रिया’ को प्रिमियरमा छविराज, अभिनेत्री शिल्पा पोखरेलसँग कुमारी हल पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७