माधव नेपालतिर खुले प्रदीप नेपाल, आयोग पुगेर सनाखत


९ भाद्र २०७८, बुधबार
pradip nepal 1629871085

काठमाडौं, ९ भदौं । नेकपा (एमाले) का नेता प्रदीप नेपाल पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा उभिएका छन् । २ भदौमा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिंदा केन्द्रीय सदस्यमा प्रदीप नेपालको नाम थिएन । उनी एमालेमै रहेको चर्चा चलेको थियो ।

आज (बुधबार) भने उनी एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नै समर्थन जनाउन आयोग पुगेको बताएका छन् । उनी एमालेको संगठन निर्माणकर्तामध्ये एक हुन् । एमालेको अहिलेको बलियो संगठन निर्माणमा प्रदीप नेपालको महत्वपूर्ण भूमिका छ ।

उनलाई एमालेभित्र कुशल संगठकका रूपमा पनि लिने गरिएको छ । यति बेला भने उनी एमाले छोडेर एकीकृत समाजवादीमा लागेका छन् ।
२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए । नेता नेपालले पनि फेसबुकमा आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन अवस्थामा रहेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७