बलात्कार आरोपमा इञ्जिनीयर कारागार चलान


९ भाद्र २०७८, बुधबार
pakrau
फाइल फोटो

सप्तरी, ९ भदौं । सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् ।

अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

पीडित महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चन रूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो । गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जङ्गलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनीयर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाए ।

इलाका प्रहरी कार्यालय कञ्चन रूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो । आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झुटो भएको जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७