चार दिनदेखि हराइरहेकी १६ वर्षीया किशोरी मकैबारीमा मृत फेला


९ भाद्र २०७८, बुधबार

सुर्खेत, ९ भदौं । कालिकोटमा एक किशोरीको शव मकैबारीमा भेटिएको छ । चार दिनअघिदेखि हराएकी खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ ।

निरु गत शुक्रबारदेखि हराएकी थिइन् । उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो । प्रहरीका अनुसार निरुको शरीर जंगली जनावरले क्षत विक्षत पारेका छन् । घटनाको थप अनुन्धानका लागि कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी चक्रबहादुर शाहको नेतृत्वमा सदमुकाम मान्मबाट प्रहरी टोली खटिएको बताईएको छ ।

उनका अनुसार निरुको शरीरको तल्लो भाग भेटिएको छैन भने शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ । रिपोर्ट भने आउँन बाँकी रहेको शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७