एमालेको प्रभाव र बर्चस्व बचाइराख्न मेरो राजीनामा दिएँ : शेरधन राई


१० भाद्र २०७८, बिहीबार
Sherdhan rai 1

मोरङ, १० भदौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले एमालेको प्रभाव र बर्चस्व बचाई आफूले राजीनामा दिएको बताएका छन् । आज (बिहीबार) बिहान बसेको संसदीय दलको बैठकबाट भीम आचार्यलाई नेता बनाएपछि प्रतिक्रिया दिँदै राईले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुखकहाँ राजीनामा बुझाउन जानुअघि उनले पार्टी एकता बलियो बनाउन तथा पार्टीको साख जोगाइरहन यस्तो कदम चालेको बताए । उनले आफ्नै प्रस्तावमा नेता आचार्यलाई संसदीय दलको नेता बनाएको पनि जानकारी दिए ।

‘पार्टी एकतालाई ध्यानमा राखेर यो कदम चालेको हुँ । खासगरी एमाले र यसको प्रभाव–वर्चस्व कायम गर्ने यो निर्णय लिइएको हो’, उनले भने, ‘सरकारलाई जस्ताको तस्तै राख्ने योजना अनुसार मेरो प्रस्तावमा भीम आचार्यलाई दलको नेतामा सर्वसम्मत चयन गरेका हौं ।’
उनले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएर आचार्यलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रदेश प्रमुखकहाँ सिफारिस गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७