दाजुको हत्या आरोपमा दुई भाइ पक्राउ


१० भाद्र २०७८, बिहीबार
pakrau
फाइल फोटो

खोटाङ, १० भदौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या आरोपमा दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन् । गिरीराज बुधबार दिउँसो घरबाट निस्की हिंडेकोमा अबेरसम्म घर फर्की नआएपश्चात् खोजी गर्ने क्रममा घरबाट करिब २ सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएपश्चात घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७