दिदीलाई बलात्कार गरेको आरोपमा भाइ पक्राउ


१० भाद्र २०७८, बिहीबार
Rape for nayapage

गोरखा, १० भदौं । दिदीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका निवासी सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा २६ वर्षका भाइ पक्राउ परेका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

गत सोमबार फरक क्षमता (बोल्न नसक्ने) सौतेनी दिदीलाई घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर बलात्कार गरेको पीडितले आफ्ना श्रीमान र जेठानीलाई जानकारी दिए पछि प्रहरीमा उजुरी परेको थियो । प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरी बुधबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७