पार्टी दर्ता भएपछि ‘लोसपा’ को पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठक


१० भाद्र २०७८, बिहीबार
mahantha

काठमाडौं, १० भदौं । निर्वाचन आयोगबाट वैधता पाएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ को पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको छ ।

जसपाबाट विभाजन भएर लोसपा दर्ता भएको भोलिपल्ट बिहीबार अपरान्ह केन्द्रीय कार्यकारिणी समितिको बैठक काठमाडौंमा बसेको हो । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि दलविहीन बनेका महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले लोसपा बनाएका हुन् ।

लोसपा दल दर्ताको प्रमाणपत्र बुधबार निर्वाचन आयोगले दिएको थियो । बैठकमा पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७