स्कुटर चोरेर भाग्दै गरेका युवक पक्राउ


१० भाद्र २०७८, बिहीबार
scoty chor tmePX0qwFs

काठमाडौं, १० भदौं । ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिराहा कर्जना नगरपालिका–२ भुल्के घर भई काठमाडौं गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार उनी बा ७० प ५०५३ नम्बरको हरियो रङको डिओ स्कुटर चोरी गरी भाग्दै गर्दा गोकर्णेश्वरको अर्याल गाउँबाट पक्राउ परेका हुन् ।

ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्वर नयाँबस्ती बस्ने प्रविन श्रेष्ठको भएको जानकारी दिए । एसएसपी भट्टराईका स्कुटर धनी श्रेष्ठले यही भदौ ९ गते अन्दाजी १२ बजे हराएको भनी चोरको हुलिया जानकारी गराएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. परिवर्तन गर्ने अवसरको खोजी गर्दै हिंडेको अवस्थामा दिउँसो ४ बजे महतलाई फेला पारेको हो । स्कुटर धनी श्रेष्ठको निवेदनका आधारमा स्कुटरसहित मानिसलाई थप अनुसन्धान एव कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७