साम्राज्ञी ‘सस्पेन्स’


२२ फाल्गुन २०७४, मंगलवार
samragi

काठमाडौं, २२ फागुन : दर्शकहरुको सर्वाधिक रोजाइमा पर्दै आएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र ‘मंगलम’ तीन दिनपछि हलहरुमा आउँदैछ । samragi

छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मंगलम्’ को ट्रेलर रिलिज भइसकेको छ । बिहीबार दिउँसो निर्माण टिमले ट्रेलर रिलिज गरेको छ । ट्रेलरमा साम्राज्ञीलाई अन्त्यमा मात्र देखाइएको छ । उनको भूमिका ‘सस्पेन्स’ राख्दै ट्रेलर बनाइएको छ ।Samragi

ट्रेलरमा मुख्य कलाकार शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज, मिथिला शर्मा, नीर शाहलगायत देखिएका छन् । रोमान्स, रोदनका दृष्यहरू ट्रेलरमा समावेश हुँदा फिल्मले फेमिली तथा सोसियल ड्रामाको संकेत गर्छ । छविराज प्रोडक्सनको ब्यानरमा बन्दै आएका पछिल्ला फिल्महरूको प्याटर्नलाई नै यो ट्रेलरले निरन्तरता दिएको छ । नवल नेपाल फिल्मका निर्देशक हुन् ।samragyee rl sha 2

अभिनेत्री शिल्पा नै प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २५ बाट दर्शक माझ आउँदैछ । छवि ओझा, साकार ओझा र दिजेन्द्र शाक्य फिल्मका निर्माता हुन् । गोविन्द फूयाँलको कथामा तयार भएको फिल्मलाई विष्णु कल्पित घिमिरेले खिचेका हुन् । दीपक शर्माको संगीत रहेको फिल्म मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

याे पनि पढ्नुहाेस्
गीत हिट भइसकेको ‘मंगलम’को ट्रेलर सार्वजनिक, के छ साम्राज्ञीको भूमिका ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७