भिमफेदी–कुलेखानी सडक खण्ड अवरुद्ध


११ भाद्र २०७८, शुक्रबार

मकवानपुर, ११ भदौं । मकवानपुरको देउरालीमा पहिरो खस्दा हेटौंडा हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डको भीमफेदी गाउँपालिका–६ देउरालीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण दुईतर्फी नै यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वोर रिमालले जानकारी दिए ।

लगातार वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको उनले बताए । वर्षा केही कम हुनासाथ पहिरो पन्छाउने कार्य सुरु गरि यातायात सन्चालन गरिने उनको भनाई छ । उनले सो सडक खण्डबाट हेटौंडा हुँदै काठमाडौंको यात्रामा रहेकाहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७