घाँसका काट्न जाँदा नदी बीचमा फसेका दाजु–बहिनीको उद्धार


११ भाद्र २०७८, शुक्रबार
Dubera bepatta
सांकेतिक तस्विर

कैलाली, ११ भदौं । कैलालीमा नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका–३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७