प्रधानमन्त्रीले सोध्नु भए सरकारमा जानेबारे विचार गर्छौं : महन्थ ठाकुर


११ भाद्र २०७८, शुक्रबार
mahantha 1

काठमाडौं, ११ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नभएको बताएका छन् ।

बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले प्रधानमन्त्रीले बोलाए विचार गर्न सकिने पनि बताएका छन् । ‘प्रधानमन्त्रीजीसँग सामुहिक र अलग अलग भेट्या छौं’, उनले भने, ‘तर कुनै पनि भेटमा सरकारबारे कुरा भएको छैन । शेरबहादुरजीले सोध्नुहुन्छ भने यो विषयमा कुरा गर्छौं ।’

ठाकुरले भर्खरै पार्टी दर्ता भएकाले सरकारमा जाने कुरामा हतार नगरेको बताए । ‘हामीलाई बोलाउनु हुन्छ सोध्नुहुन्छ भने हामी आफ्नो कुरा राख्छौं,’ उनले भने । ठाकुरले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको पनि प्रष्ट पारेका छन् । चुनावको घोषणा भएपछि भने सहकार्य गर्न सकिने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७