मोहना नदीमा बगेर एक जना बेपत्ता


१२ भाद्र २०७८, शनिबार
Mohana river

कैलाली, १२ भदौं । कैलालीको मोहना नदीमा तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा धनगढी उपमहानगरपालिका–३ का पुरन राना बगेर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बेपत्ता भएका रानाको खोजी कार्य भइरहेको जानकारी दिए । अविरल वर्षापछि आएको बाढीले मोहना नदीमा झण्डै ७ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुलसँग जोड्ने पहुँच मार्ग बगाएको छ भने स्काइ फोल्डिङ पुलसँग जोड्ने मार्गमा पनि क्षति पुगाएकाले आवतजावत रोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७