कवि पूर्ण वैद्यको निधन


१२ भाद्र २०७८, शनिबार
purna

काठमाडौं, १२ भदौं । नेपाल भाषाका चर्चित कवि पूृृर्ण वैद्यको ८० वर्षको उमेरमा निधन भएको छ । २ भदौमा अस्वस्थ भएपछि वैद्यलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । वैद्यको शुक्रबार मृत्यु भएको हो । उनको हिजै अन्त्यष्ठि गरिएको पारिवारिक स्रोतले जनाएको छ । वैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भएको चिकित्सकहरुले बनाएका छन् ।

वि.सं. १९९७ सालको जनै पूर्णिमाका दिन भक्तपुरको चोछें टोलमा जन्मिएका वैद्यले सरासू’ कविता सङ्ग्रहका लागि २०२१ मा नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो । विसं २०७६ मा वैद्य न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भएका थिए ।

थुप्रै पुस्तक लेखेका वैद्यको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद समेत गरिएको छ । वैद्यको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७