मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना


१२ भाद्र २०७८, शनिबार
rain

काठमाडौं, १२ भदौं । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही– केही स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (शनिबार) देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्गसहित भारी /धेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित भारी /धेरै भारी सम्भावना रहेको छ ।
सोमबार देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी / धेरै भारी सम्भावना रहेको छ ।

केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताए । पानी पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने उनले बताए । डडेल्धुरामा गएको २४ घण्टामा १४३ दशमलव ६ मिलिमिटर, नवलपुरमा १६० दशमलव ६ मिलिमिटर, रुपन्देहीमा १६१ मिलिमिटर, धनुषामा २२३ दशमलव ४ मिलिमिटर पानी परेको त्यहाँ रहेका स्टेशनहरुले मापन गरेका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७