काबुलमा विष्फोट गराउने समूह भारतसम्म आइपुग्ने आशंका


१२ भाद्र २०७८, शनिबार
isisladaku IfhJXGPJQM

काबुल, १२ भदौं । १७० जनाको ज्यान जाने गरी अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार गराइएको बम विष्फोटको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएस–के (खुरासान ग्रुप) ले लिइसकेको छ ।

घटनापछि भारतीय गुप्तचर एजेन्सी पनि सतर्क भएको समाचार सार्वजनिक भएको छ । त्यो आतंककारी संगठन दक्षिण एसिया र यसपछि भारतसम्म पनि आइपुग्ने आशंका गरिएको हो । आईएसआईएस खुरासान कट्टर इस्लामी शासन लाद्न चाहन्छ ।

भारतीय गुप्तचर अधिकारीको आशंकाअनुसार यो समूह जिहादी विचार विस्तार गर्न चाहन्छ । यस क्रममा यो मध्य एसिया र पछि भारतसम्म आइपुग्ने कोशिसमा छ । यसको योजना युवालाई आफ्नो संगठनमा आबद्ध गराउने र आतंककारी हमला गराउने रहेको भारतीय गुप्तचार अधिकारीको दाबी छ ।

भारतीय गुप्तचर एजेन्सी यसकारण सतर्क भएको हो, केरल, मुम्बईका केही युवा पहिलेदेखि नै आईएसआईएसमा संलग्छ छन् ।
एक अधिकारीका भनाइमा यदि त्यस समूहले षड्यन्त्र रच्यो भने भारतमा केही कट्टरवादी वा आतंककारी संगठनले फेरि टाउको उठाउने छन् । खुरासान ग्रुपले युवालाई आफ्नो संगठनमा आबद्ध गराउने प्रयास गर्न सक्छ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि आतंककारी संगठनहरूलाई नयाँ ऊर्जा प्राप्त भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७