सुदूरपश्चिममा घट्यो रावलको राप, विश्वास पात्रले नै धमाधम साथ छाड्दै


१२ भाद्र २०७८, शनिबार
bhim rawal

काठमाडौं, १२ भदौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो ।
रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो ।

यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

नव गठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । रावलका विश्वास पात्र मानिएकाहरुले नै धमाधम साथ छाड्न थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुख बाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सात जना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावल निकट थिए । तीमध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७