सेनिटाइजर पिएका युवकको गयो ज्यान


१२ भाद्र २०७८, शनिबार
sanitaijar

कैलाली, १२ भदौं । कैलालीमा सेनिटाइजर पिउदा एक युवकको ज्यान गएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए ।

त्यहाँ उनलाई स्लाइन चढाइएको थियो । सामान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुुलेको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७