काबुल विस्फोटबारे बोल्यो चीन


१२ भाद्र २०७८, शनिबार
China spokesperson OO8jY9LqiV

काठमाडौं, १२ भदौं । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिक गरिएको बम आक्रमणको चीनले निन्दा गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिअनले एक पत्रकार सम्मेलनमा काबुलमा गरिएको विस्फोटको भर्त्सना गरेका हुन् । उनले यसबाट अफगानिस्तानमा सुरक्षा स्थिति प्रस्ट भएको टिप्पणी पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा एक पत्रकारले उनलाई प्रश्न गरे, ‘विस्फोटबारे चीनको भनाइ के छ र घटनामा कुनै चिनियाँ नागरिक पनि परेका छन् ?’ जवाफमा प्रवक्ता चाओ लिजिअनले भने, ‘काबुल विमानस्थल नजिक गराइएको विस्फोटमा ठूलो जनधन क्षति भएको घटनाले चीन स्तब्ध भएको छ र चीन त्यसको निन्दा गर्छ । विस्फोटले अफगानिस्तानमा सुरक्षाको अवस्था कस्तो छ भन्ने प्रस्ट पार्छ । अहिले पनि त्यहाँको स्थिति जटिल र गम्भीर छ ।’

उनले अफगानिस्तानको अवस्था सामान्य बनाउन र अफगान एवं विदेशी नागरिकको जीवन सुरक्षाका लागि सम्बन्धित पक्षले प्रभावकारी उपाय अपनाउने विश्वास पनि व्यक्त गरे । यस्तै उनले त्यहाँस्थित चिनियाँ दूतावासबाट अहिलेसम्म त्यस घटनामा चिनियाँ नागरिकलाई क्षति पुगेको खबर नआएको जानकारी पनि दिए । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७