खेतमा बाबु–छोरा मृत फेला


१२ भाद्र २०७८, शनिबार
death

नवलपरासी, १२ भदौं । नवलपरासी पश्चिममा घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिंडेका बाबु–छोरा मृत फेला परेका छन् ।

नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ पम्फापुरका ३८ वर्षीय बिनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासी खेतमा मृत फेला परेका हुन् । घरभित्र पानी पसेपछि छिमेकीको घरमा बस्न हिंडेका उनीहरु शनिवार खेतको गह्रामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७