लागुऔषध नाइट्रा भेनसहित दुई युवक पक्राउ


१२ भाद्र २०७८, शनिबार
pakaru

बर्दिया, १२ भदौं । लागु औषध नाइट्रा भेनसहित बर्दिया प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ५३ ट्याब्लेट लागु औषध नाइट्राभेनसहित गेरुवा गाउँपालिका राजेश थारु र सोही पालिकाका अमित बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलीले गुलरिया लालपुरगाउँको सडकमा खानतलासी गर्दा उनीहरुवाट लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यलय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमवहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७