माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा आउन तीन महिना लाग्ने


१२ भाद्र २०७८, शनिबार
marsyangdi2021 08 26 07 37 41

लमजुङ, १२ भदौं । माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । यही वर्षको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी-पहिरोले ५० मेगावाट क्षमताको आयोजनामा क्षति पुगेको थियो ।

गण्डकी प्रदेशअन्तर्गत रहेको आयोजनामा बाढी-पहिरोका कारण क्षति पुगेपछि अहिले विद्युत उत्पादन भएको छैन । नदीमा आएको बाढीले आयोजनाको दुईवटै टर्बाइन लगायतका संरचनामा क्षति पुगेको छ ।

बाढीले क्षति पुर्‍याएका अन्य संरचना पुनर्निर्माण भइरहे पनि टर्बाइन नयाँ ल्याउनुपर्ने आयोजनाले बताएको छ । र, ती टर्बाइन विदेशबाट आयात नै गर्नुपर्ने छ । विदेशबाट आयात गरेर नयाँ टर्बाइन राखेर विद्युत उत्पादन गर्न थप तीन महिनाको समय लाग्ने भएको हो ।
बाढीले आयोजनाको बाँधस्थल र ११ केभीको राष्ट्रिय प्रशारण लाइनको खम्बामा समेत क्षती पुर्याएको थियो ।

यतिबेला आयोजनाले बाँधस्थल बनाउने र बगाएको प्रशारण लाइनको खम्बा राख्ने काम गरिरहेको छ । असार १ गतेदेखि विद्युत उत्पादन हुँदा हालसम्म आयोजनालाई करिब ७५ करोड रुपैयाँ नोक्सान भइसकेको छ । थप तीन महिना विद्युत उत्पादन नहुँदा कम्पनीको नोक्सान बढेर एक अर्ब रुपैयाँसम्म पुग्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७