काबुल बम हमला गर्ने आतंकवादी संगठनमा भारतका पनि १४ जना संलग्न रहेको खुलासा


१२ भाद्र २०७८, शनिबार
isis k w4ppnly13u

काबुल, १२ भदौं । काबुल विमानस्थलमा बिहीबार बम हमला गर्ने आतंकवादी संगठन इस्लामिक स्टेट खुरासान समूहको भारतीय सम्बन्ध खुलासा भएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार केरलका १४ जना उक्त समूहमा संलग्न रहेको पाइएको हो । यो खुलासापछि भारत आफ्नो बदनाम हुने गम्भीर चिन्तामा परेको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित खबरअनुसार तालिबानले अफगानी प्रान्त कब्जापछि जेलमा रहेका आफ्ना लडाकुलाई मुक्त गराएका थिए । यस क्रममा बगराम जेलबाट रिहा हुनेमा १४ जना केरलका पनि छन्, जसलाई खुरासान समूहले इस्लामिक स्टेटमा संलग्न गराएको छ ।
२०१४ मा केरलबाट भागेर इस्लामिक स्टेटमा सामेल
सन् २०१४ मा जब इस्लामिक स्टेट अफ सिरिया एन्ड लेभान्टले मोसुल कब्जा ग¥यो तब केरलका मल्लापुरम, कारगोड र कन्नुर जिल्लाबाट भागेर धेरै जना स्थानीय उक्त समूहमा सहभागी भए । यीमध्ये धेरै जना अफगानिस्तानको नंगरहार गएर आईएसआईएस–केपीमा संलगन भए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७