पहिरोले सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र


१२ भाद्र २०७८, शनिबार
Achham Sab

अछाम, १२ भदौं । लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिर नजिक सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र परेको छ ।

चौरपाटी गाउँपालिका–६ दुनि र वडा नम्बर–७ मार्कु जोड्ने कृष्ण भिरमा गएको पहिरोका कारण १२ घण्टादेखि बाजुराको आटिचौर गाउँपालिका–७ दानिगाउका ६७ वर्षका मानसिंह खड्काको शव गए रातिदेखि अलपत्र परेको हो ।

गए राति ९ बजे पुगे पनि पहिरोले सडक अवरुद्ध हुँदा बुवाको शव घरमा पु¥याउन नसकिएको छोरा सुरेन्द्र खड्काले जानकारी दिए । चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछि साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७