२,२२२ जनाले जिते कोरोना, १,८५७ नयाँ थपिए, २७ को मृत्यु


१२ भाद्र २०७८, शनिबार
korona

काठमाडौं, १२ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २,२२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७