डुंगा दुर्घटना हुँदा बंगलादेशमा २१ को मृत्यु, २० घाइते, ५० बेपत्ता


१२ भाद्र २०७८, शनिबार
banglades 20210828104609

काठमाडौं, १२ भदौं । बंगलादेशको ब्राहमनबारिया जिल्लामा डुंगा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । २० जना घाइते भएका छन् भने ५० जना वेपत्ता छन् ।

करिब १०० भन्दा बढी यात्रु बोकिरहेको डुंगा बिजयनगर क्षेत्रमा दुर्घटना भएको थियो । स्थानीय प्रहरी इमरानुल इस्लामका अनुसार शुक्रबार राति डुंगा दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप छानविन गर्ने जनाएको छ । डेली स्टार न्युजका अनुसार विपरीत दिशाबाट आइरहेको कार्गोले डुंगालाई ठक्कर दिँदा डुंगा पानीमुनि डुबेको थियो । दुर्घटना भएको क्षेत्र बंगलादेशको राजधानी ढाकादेखि ८२ किलोमिटरको दूरीमा छ ।

गत मे महिनामा पदमा नदीमा डुंगा दुर्घटना हुँदा २७ मानिसको मृत्यु भएको थियो । सन २०१५ मा कार्गो बोट दुर्घटना हुँदा ७८ मानिसको मृत्यु भएको थियो । बंगलादेशका नदीमा हरेक वर्ष डुंगा दुर्घटना हुने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७