अफगानिस्तानबाट अमेरिकी सैनिक हट्न शुरु


१३ भाद्र २०७८, आईतवार
american army TwBpKgZDjB

काठमाडौं, १३ भदौं । तोकिएको समयसीमा (डेडलाइन) अगस्ट ३१ नजिकिँदै गर्दा अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फिर्ता शुरु भएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पेन्टागनका प्रवक्ता जोन कर्बीले काबुल विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका हुन् । एक प्रश्नमा उनले भने, ‘हो, हामी हट्दै छौं ।’ तर उनले अहिलेसम्म कति सैनिक फिर्ता भए भन्ने कुनै जानकारी दिएनन् ।
उनले निश्चित समय सीमाभित्र अफगानिस्तानबाट सबै सेना फिर्ता गराउने प्रयास भइरहेको बताए । तर अन्तिम क्षणसम्म पनि अफगानिस्तानबाट बाहिरन चाहने अफगान नागरिकलाई निकाल्न आफूहरूका तर्फबाट सहयोग गरिने पनि बताए ।

पत्रकार सम्मेलनमा अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले शुक्रबार आफूहरूले गरेको ड्रोन हमलामा आईएसआईएस–के का दुई षड्यन्त्रकारी मारिएको र एक जना घाइते भएको बताए । त्यस क्रममा बिहीबार भएको बम विस्फोटपछि अमेरिकी सैनिकले चलाएइको गोली लागेर केही अफगानीको मृत्यु भएको हो भनेर सोधिएको थियो । जवाफमा पेन्टागनका अधिकारीले यसको पुष्टि गर्न नसकिने बताए । उनले भने, ‘तर हामी यसलाई पूरै नकार्न पनि सक्दैनौं ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७