कांग्रेस महाधिवेशन निश्चित


१३ भाद्र २०७८, आईतवार
congress

काठमाडौं, १३ भदौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । योसँगै कांग्रेस महाधिवेशन सुनिश्चिततर्फ अघि बढेको छ ।

कांग्रेस जिल्ला सभापतिहरुले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट जारी धर्ना तथा अनसन टुंग्याएसँगै कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुनिश्चित भएको हो । कांग्रेसको महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट सुरु हुने कार्य तालिका छ ।

अब १८ भदौबाटै वडा अधिवेशन सुरु गरेर २२ भदौसम्म वडा अधिवेशन सक्नेगरी शीर्ष तहमा सहमति बनेको हो । ‘क्रियाशील सदस्यता टुंगिएका र केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएका जिल्लामा १८ भदौमा नै वडा अधिवेशन हुनेछ, बाँकी जिल्लामा निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोक्ने र क्रियाशील सदस्यको सूची सार्वजनिक गरेर २२ भदौभित्र वडा अधिवेशन सम्पन्न गर्ने सहमति शीर्ष तहमा भएको हो।,’ कांग्रेस उच्च स्रोतले भन्यो ।

यस्तै २७ भदौमा सुरु हुने पालिका अधिवेशनपछिका पूर्व निर्धारित मितिमा नै गर्नेगरी शीर्ष तहमा शनिबार साझ सहमति जुटेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन अब सुनिश्चिततर्फ अघि बढेकाले सबैलाई महाधिवेशन केन्द्रीत हुन आग्रह गरे । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७