श्रीलंकाद्वारा भारतसँगको सीमा नाका शर्तसहित खुल्ला


१३ भाद्र २०७८, आईतवार
image 98aa751cfc cXmYXDJa8H

काठमाडौं, १३ भदौं । श्रीलंकाले भारतसँगको सीमा नाका शर्तसहित खुल्ला गरेको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको श्रीलंकाली अधिकारीहरुले जनाएका छन् ।

खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको मात्रै देखाउनुपर्ने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
सरकारी अधिकारीले जारी गरेको वक्तव्यका अनुसार श्रीलङ्काबाट भारतको चेन्नाइ, मुम्बइ, बेङ्लोरलगायतका क्षेत्रमा हवाई उडान पनि सुरु हुनेछ । त्यसका लागि उडान तालिका समेत बनिसकेको उनीहरुले जनाएका छन् ।

स्वास्थ्य सुरक्षाको अवस्था, माग, आवश्यकतालगायत आधारमा आवतजावतको तालिका थप विस्तार पनि हुने वक्तव्यमा उल्लेख गरिएको छ । श्रीलङ्कन एयरलाइन्ससहित विभिन्न विमान सेवा प्रदायक कम्पनीले यात्रुका लागि सहुलियत तथा आकर्षक प्याकेज पनि घोषणा गरेका छन् ।

श्रीलङ्काबाट भारत जानेभन्दा पनि भारतबाट श्रीङ्का आउनका लागि प्रेरित गर्न खोजिएको र यसले विस्तारै देशको पर्यटन, व्यापार, व्यवसायलाई पुनःउत्थान गर्न सजिलो बनाउने धेरैले विश्वास लिएका छन् ।

श्रीलङ्का आएकालाई देशको जुनसुकै ठाउँ पनि जान सकिने व्यवस्था गरिएको तर स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने सर्त भने राखिएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्कामा अहिलेसम्म चार लाख १६ हजार ९६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ३७१ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७