बाइकले ठक्कर दिएको निहुँमा निर्मम कुटपिट, पिकअप गाडीमा बाँधेर घिसार्दै हत्या


१३ भाद्र २०७८, आईतवार
gadima ghisareko 9RAuI1ekL3

काठमाडौं, १३ भदौं । भारतको मध्य प्रदेशको निमच भन्ने स्थानमा एक आदिवासी युवकलाई सामान्य विवादमा निर्घात कुटपिटपछि पिकअप गाडीमा डोरीले बाँधेर सडकमा घिसार्दै हत्या गरिएको छ ।

निकै टाढासम्म घिसारेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो । घटना यही अगस्ट २६ तारिख (भदौ १०) मा भएको बताइएको छ तर यसको भिडियो अगस्ट २८ मा सार्वजनिक भएको हो ।

यस घटनामा संलग्न आरोपमा प्रहरीले ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तीमध्ये दुई मुख्य अभियुक्तसहित चार जनलाई प्रहरीरले पक्राउ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको छ । प्रहरीका अनुसार आदिवासी युवक कन्हैया लाल भिल केही व्यक्तिका साथ आफ्नो गाउँ जाँदै थिए । यस क्रममा उनको बाइक गुर्जर समाजका एक व्यक्तिसँग ठोक्कियो ।

त्यसपछि स्थानीय बासिन्दा भेला भए र उनलाई कुट्न थाले । यसपछि उनीहरूले कन्हैयालाई पिकअप गाडीको पछाडि डोरीले बाँधे र गाडी गुडाए । तीमध्ये एक व्यक्तिले घटनाको पूरै भिडियो खिचेछन् । त्यो भिडियो सार्वजनिक भएपछि घटनाबारे प्रहरीलाई थाहा भएको हो । बीबीसी हिन्दी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७