देउवा, प्रचण्ड र माधव नेपालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल


१३ भाद्र २०७८, आईतवार
deuba prachanda madhav

काठमाडौं, १३ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग देउवाले छलफल गरिरहेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरुको छलफल चलिरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी गराएका छन् ।

उनले शीर्ष नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिबारे पनि छलफल भइरहेको जानकारी दिए । यसअघि शनिबार पनि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मात्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच शनिबार मन्त्रिपरिषदलाई चाँडै पूर्णता दिनेबारे छलफल भएको जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७