नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता चुन्ने


१३ भाद्र २०७८, आईतवार
Madhav Nepald1629968864

काठमाडौं, १३ भदौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चुन्ने जनाइएको छ ।

नेकपा एमालेबाट अलग भएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै ९ भदौमा दल दर्ताको प्रमाणपत्र दिएको थियो । तर दलको नेता चयन हुन बाँकी छ । संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ ।

एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् । तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७