झलनाथ खनाल सोमबार स्वदेश फर्कने


१३ भाद्र २०७८, आईतवार
jhalanath

काठमाडौं, १३ भदौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार (भोलि) स्वदेश फर्कने भएका छन् ।
उनी गएको असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए । सोमबार काठमाडौं आउने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनालको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्कन लागेको उनले बताए । खनाल दिल्ली जाँदा नेकपा (एमाले) को विवाद उत्कर्षमा थियो । उनले दिल्लीबाट नै आफू नेकपा (एकीकृत समाजवादी) मा रहेको भन्दै सनाखत गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७