प्रदेश–२ मा मन्त्रीहरूको जिम्मेवारी फेरबदल


१३ भाद्र २०७८, आईतवार
yadav shah 42Te9sIhTR

जनकपुरधाम, १३ भदौं । प्रदेश–२ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्रकुमार साहलाई दिइएको छ । यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साहले सम्हाल्दै आएका थिए ।

जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय उनले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए ।

नव नियुक्त अर्थमन्त्री शैलेन्द्र साहले आफूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७