काबुल विमानस्थल कब्जा लिंदै तालिबान, अमेरिकी सेना फर्किदै


१३ भाद्र २०७८, आईतवार
afghan evacuation
AFGHANISTAN-CONFLICT

काबुल, १३ भदौं । तालिबानले काबुल विमानस्थलमा नियन्त्रण हासिल गर्नका लागि अमेरिकीको संकेतको प्रतीक्षामा भएको बताएको छ ।
तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले सो कुरा बताएका हुन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा उनले आफूसँग प्राविधिक विशेषज्ञ र इन्जिनियरिङको एउटा समूह भएको र उनीहरुले विमानस्थलको प्रणाली चलाउन सक्ने बताएका छन् ।

जबिहुल्ला मुजाहिदले शनिबार तालिबानले अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ गभर्नर र प्रहरी प्रमुखको नाम निश्चित गरेको छ र चाँडै नै देशको आर्थिक स्थितिसँग जुध्नका लागि काम सुरु गरिने बताए ।
अमेरिका फर्किदै
अफगानिस्तानबाट आममानिसलाई निकाल्ने प्रक्रिया अब अन्तिम चरणमा प्रवेश गरेको अमेरिकाले जनाएको छ । काबुल विमानस्थलमा अब लगभग एक हजार सर्वसाधारण रहेका छन् । जसलाई अमेरिकी वायु सेनाको जहाजमार्फत अन्यत्र लगिँदैछ ।

अफगानिस्तानका नयाँ शासक तालिबानहरु एयरपोर्टको सुरक्षा र सञ्चालन जिम्मेवारी लिन तयार भइसकेको बताएका छन् । एक सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार अपरेशनको अन्तिम मितिबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । तर अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि नै उनको फौज ३१ अगस्टसम्म काबुलबाबाट हिँडिसक्ने बताएका थिए ।

काबुल एयरपोर्टमा तैनाथ एक सुरक्षा अधिकारीले भने, ‘हामी सबै विदेशी नागरिक र जोखिममा परेका अफगानीलाई यहाँबाट निकाल्न चाहन्छौं । त्यसपछि मात्रै सैनिकले अफगानिस्तान छाड्ने छन् ।’ यसअघि अमेरिकी अधिकारीले शनिवार रोयटर्सलाई बताए अनुसार काबुल विमानस्थल क्षेत्रमा करिब ४ हजार सैनिक रहेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७